मिति: माघ १९, २०८२
न्याय तथा अधिकार संस्था – नेपाल (जुरी–नेपाल) ले २०८२ फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लोकतान्त्रिक, समावेशी, जवाफदेही र जनमुखी बनाउन सबै प्रमुख राजनीतिक दलहरूलाई आफ्ना चुनावी घोषणापत्रमा नागरिकका सवाल समेट्न आग्रह गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतका शीर्ष नेतृत्वलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । ध्यानाकर्षण पत्रमा संघीयता, समावेशी लोकतन्त्र, सुशासन, जवाफदेहीता, न्याय, मानव अधिकार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक न्याय, युवा, रोजगारी, वातावरण र दिगो विकाससँग सम्बन्धित स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य प्रतिबद्धता घोषणापत्रमा समावेश गर्न अपील गरिएको छ। । राजनीतिक दलका घोषणापत्र निर्वाचन जित्ने औजार मात्र नभई नागरिकसँगको सामाजिक सम्झौता भएकाले घोषणापत्रद्वारा ब्यक्त गरिएका प्रतिबद्धताले दलहरूलाई थप जवाफदेही र नागरिकप्रति उत्तरदायी बनाउने विश्वास व्यक्त गरिएको छ ।
Appeal To Political Parties_Feedback For Election Manifasto